सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  जितु नेपालको मुख्य भुमिका रहेको चलचित्र ‘कार्की साइँला’को पहिलो पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले नयाँ वर्षको अवसर पारेर आगामी साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार जितु नेपाललाई भरियाको रुपमा देखाइएको छ। उनले बोकेको डोकोको पहाडमा पाँच जना भरिया कतै हिडिरहेकोको पनि देख्न सकिन्छ। साथै आकाशमा चराहरु उडिरहेका छन्। फिल्मको कथाको केहि अंश पोस्टरमा नै रहेको अनुमान गर्न सकिन्छ।

साथै पोस्टरको तल एक मायालु जोडीको मायाप्रेम पनि देख्न सकिन्छ। एक युवतीले पुरुषको कुममा टाउको राखेकी छन्। ति को हुन् त भन्ने दर्शकमाझ कौतुहलता पैदा गर्छ? पोस्टरमा जितुलाई निकै आकर्षक र फरक लुक्समा देख्न सकिन्छ। ताकी उनको यो फिल्म अहिलेसम्मकै फरक छ।

हास्य कलाकारका रुपमा परिचित जितुलाई यस चलचित्रका निर्देशक राजेन्द्र बस्नेतले एक भरियाको कथामा प्रस्तुत गरेका छन्। जुन सार्वजनिक पोस्टर हेर्दै थाहा हुन्छ। नेपालको पुर्वी जिल्ला धनकुटा,सुनसरीको बराहक्षेत्र,चतरा लगायस्थानमा खिचिएको चलचित्रमा जितु नेपालका अलवा प्रियना आचार्य (मुन्नी),सुशील पोखरेल,बिरेन्द्र सिंह कुशहुवा,मान्शी शर्मा,मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

बालकुमार राई निर्माता रहेको यस चलचित्रमा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन्। फिल्मको मुख्य सहायक निर्देशक रोजल थापाको छ भने डम्बर राईले खिचेका छन्। कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको यस चलचित्रमा द्वन्द किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु,प्रोडक्सन सिबी भण्डारीको रहेको छ। यस चलचित्रको वितरण कुबेर फिल्मस्ले गर्दैछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com