सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – हास्य टेलिभिजन शो कमेडी दरबारको तेस्रो सिजनको सुटिङ सुरु भएको छ । नयाँ बर्ष २०८३ को सुरुवातसँगै निर्माण टिमले सुटिङ सुरु गरेको हो भने प्रसारण यहि बैशाख ४ गतेबाट हुने बताइएको छ ।
सोमबार पुतलीसडकस्थित स्टुडियोमा दुई भागको सुटिङ सम्पन्न गरिएको छ । जसमा दुई चलचित्रको टिमको उपस्थिती थियो । पहिलो भागको रुपमा मितज्यू चलचित्रको टिमबाट दयाहाङ राई, सौगात मल्ल, शिशिर बाङ्देल, तेरिया मगर पाहुनाको उपस्थित थिए भने दोस्रो भागको रुपमा पहाड चलचित्रको टिमको उपस्थिती थियो ।
पहिलो र दोस्रो सिजनलाई दर्शकले दिएको साथका कारण निर्माण टिमले तेस्रो सिजनमा केहि परिवर्तन गरेको छ । यसपटक सेटमा केहि परिवर्तन देख्न पाइनेछ । साथै जज् प्यानलमा यसअघि दुईजना (महाराजा र महारानी) रहेका थिए भने अहिले थप एकजना रानीको रुपमा भित्राइएको छ । रानीको भूमिकामा अभिनेत्री दिया मास्के भित्रिएकी छिन् । महारानीको रुपमा गौरी मल्ल र महाराजाको रुपमा मनोज गजुरेल यथावत रहेका छन् । यस्तै तीन कमेडियनहरु पनि भित्रिएका छन् । कमेडियन दिनेश काफ्ले, सन्तोष थापा र सुजन जिम्बाको पनि प्रवेश भएको छ । यसपटक कमेडी दरबार तेस्रो सिजनमा डाबर रेडपेस्ट शिर्ष प्रायोजकको रुपमा रहेको छ ।

कमेडी दरबार प्रत्येक शुक्रबार राती प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युवमार्फत प्रसारण हुनेछ । कमेडी दरबारलाई श्रृद्धा प्रसाईं र बिक्की अगरवालले निर्देशन गर्दै आएका छन् भने होस्टमा बिक्कीसँगै सजिना खनाल रहेकी छिन् । यस्तै कमेडी दरबारको लेखनमा सरोज भण्डारी र बिकाश अर्याल रहेका छन् । साथै यसअघिका कमेडियन कलाकारहरू सीडी विजय अधिकारी, विश्वास तिम्सिना (बीटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पबी), सुजाता श्रेष्ठ, पवन खतिवडा र विकास अर्याल यथावत रहेका छन् ।




प्रतिक्रिया