सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आज शुक्रबारबाट चलचित्र ‘परालको आगो’को प्रदर्शनमा आएको छ। शुक्रबार बिहानदेखि दर्शकले हलहरु भरिभराउ देखिएका छन्।चलचित्रले देशभरका डेढ सयभन्दा बढि शो पाएको छ। दर्शकको उत्साहलाई ध्यानमा राखी हलवालाले चलचित्रलाई उच्च शो दिएका हुन्। चलचित्रका निर्माता सुशील पोखरेलले अधिकांश हल हाउफुल रहेको बताए। निर्माण टिम शुक्रबार बिहानैबाट हलहलमा दर्शक भेट्न पुगिरहेका छन्।

रनटाइम १३५ मिनेट लामो यस चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको यो गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट लिएको हो। त्यसले पनि दर्शकको यो चलचित्रप्रति दर्शकको चासो बढेको हो। फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, शंकर आचार्य,किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा लगानी सुशील पोखरेलले गरेका छन्। यस चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् भने चलचित्रको भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन्।
साथै चलचित्रल्मको टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ। यसचलचित्रल्मको पाश्र्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। चलचित्रका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ। सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस चलचित्रलाई नेपालभरको फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com