सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र‘पार्वर्ती’को छायांकन सकिएको छ। निर्माण पक्षले २२ दिनमा चलचित्रको सुटिङ सकिएको जानकारी दिएको हो।

गत चैत २४ गते मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको शुभमुर्हूत गर्दै छायाँकन थालिएको थियो। यस चलचित्रलाई अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले निर्देशन गरेकी हुन्। उनको निर्देशकिय र चलचित्रका कलाकारहरुको सक्रियतामा एक महिनाको समयसीमा राखी छायांकन सुरु गरिएकोमा ८ दिन अगावै सुटिङ सकिएको हो।

चलचित्रको मुख्यभुमिकामा निर्देशक आफैले अभिनय गरेकी छन्। नीताका अलवा फिल्ममा दीपाश्री निरौला,अशोक दर्जी,सिरु बिष्ट,राधिका कँडेल,राज पंगेनी शर्मा,राजेन्द्र नेपाली,आशा पौडेल लगायतले अभिनय गरेका छन्।

यस चलचित्रमा निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको छ भने यस चलचित्रको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदिप बरालको डिओपी रहेको यस चलचित्रमा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन्। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्। म्युजिक भिडियोमा निकै चर्चामा रहेका उनी पहिलो पटक यस फिल्ममा क्रियटिभ निर्देशकका रुपमा काम गर्न लागेका हुन्।

यस चलचित्रमा प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे छन्। साथै निर्मातामा हरिहर अधिकारी छन्। चलचित्रको सम्पादन साहिल खानको रहने छ भने यस चलचित्रको पोस्टर डिजाइन् रोयल भिमसेनको छ।

चलचित्र आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिइसकेको छ। त्यस कारण पनि यो चलचित्रको काम फटाफट भएको हो।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com