सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – साहारा शर्माको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘एक मुठ्ठी बादल’को नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक पल्लो घर बोलको गीतमा श्रेया राईको शब्द, संगीत र स्वर सुन्न सकिन्छ ।

सार्वजनिक गीतको भिडियामा चलचित्रकी मुख्य अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ । घरमा विवाहको तयारी चल्दै गर्दा एक युवतीको मनमा चल्ने अनेकौं स्मृतीलाई चित्रण गरिएको भिडियोबाट बुझ्‌न सकिन्छ । अझ विषेशगरी विवाहको तयारीमा रहेकी ती युवतीका घरसँग जोडीका पुराना सम्झनालाई स्मरण गरिरहेको अनुभूती गीतको अडियोमा सुनिने शब्दले जनाउँछ ।

चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमालाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् ।

चलचित्रमामा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ । सिनेमामा मर्णा जेम्सले सिनेमाको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् ।

चलचित्रका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको सिनेमालाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com