सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गएका वर्षको ब्लकबस्टर चलचित्रका निर्देशक हुन्, अनिल बुढा मगर । मगर समुदायको संस्कार र संस्कृतिभित्र सुटुक्क प्रेम कथा मिसाएर अनिलले सुन्दर सिनेमा ‘घर ज्वाइँ’ बनाएर ६ करोड रुपैयाँ घरेलु बक्सअफिसबाटै कलेक्सन गरेका थिए ।

उनै निर्देशक अनिल फेरि अर्को सिनेमा लिएर आएका छन् । र, त्यो चलचित्र हो– ‘मितज्यू’ । अनिलको चलचित्रको ग्राफ हेर्दा उनी ग्रामीण भेगका कथालाई टपक्क टिपेर त्यसको सिनेमाको फ्रेममा सुटुक्क उनेर दर्शकमाझ सुन्दर सिनेमा ल्याउने कुशल निर्देशक हुन् ।

हुन त ‘मितज्यू’ उनको दोस्रो फिचर चलचित्र हो । तर, तर यो चलचित्रको कथा ट्रेलरमा हेर्दा ग्रामीण परिवेशको कथालाई उठान गरेका छन् । मित लगाउने चलन नेपालमा नौलो होइन । जनजाति होस् वा क्षेत्री–बाहुन समुदाय, पूर्व होस् वा पश्चिम, सबैतिर मित लगाउने चलन छ ।

यही नेपाली कल्चरलाई उनले टपक्क टिपेर, यसलाई चलचित्रको रुप दिएका छन् । मित लगाउँने संस्कार, मित लगाएपछि निभाउनु पर्ने औपचारिकता र व्यवहारले उक्त परम्पराभित्र बस्न नसकेपछिको द्वन्द्व यो सिनेमामा देखिने ट्रेलरले संकेत गरेको छ ।

एउटी युवतीमाथि परेको नजर र त्यसले दुई मितबीचको सम्बन्धमा ल्याउने फाटो र त्यसको चरम रुपको वरपर चलचित्र ‘मितज्यू’को कथा रहेको ट्रेलरले प्रस्ट्याउन खोजेको छ ।

तर, यसभित्रको सस्पेन्स र ट्वििस्ट कस्तो छ र त्यसले कथालाई कता लैजान्छ त्यसले सिनेमालाई सुन्दर बनाउने अपेक्षा गर्न सकिन्छ ।

डेब्यु चलचित्र नै हिट दिएका निर्देशक अनिलले दोस्रो चलचित्र कस्तो दिने हुन् भन्नेमा धेरैलाई चासो र प्रतिक्षा छ ।

यो पटक पनि उनले मितको कथालाई रोचक बनाउन सुटुक्क प्रेम मिसाएको ट्रेलरमा देखिन्छ, जुन चलचित्रको सेलिङ पोइन्ट रहेको निर्माता जनक घर्ती मगरले बताएका छन् ।

“चलचित्रमा कथासँगै मनोरञ्जन पनि हुनुपर्छ भन्ने हाम्रो टिमको मान्यता छ । हामी कथासँगै हाम्रो सिनेमामा प्रेम र द्वन्द्वको पनि कुरा गछौैं,” उनले भने, “जसले चलचित्रलाई दर्शकले मन पराउनु हुनेछ भन्ने हाम्रो विश्वास छ । हामी हाम्रो सिनेमा कसरी दर्शकले मन पराउने गरी आफ्नै कथा लिएर आउँदै छौँ ।”

चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राईसँगै तेरिया मगर मुख्य भूमिकामा छन् । सौगात, दयाहाङ र तेरियासँगै यो चलचित्रमा खड्गबहादुर पुन मगर ९खबप०, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ ।

जनक घर्ती मगरले निर्माण गरेको चलचित्रलाखई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । शिशिर बिशंखेको सिनेमेटोग्राफी रहेको छ । नेपाली ग्रामीण परिवेशको कथा ‘मितज्यू’ले भन्ने भएकाले दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क छ ।

नेपाली गाउँको संस्कार, संस्कृति, रहनसहन र मित्रताको कथा सिनेमाको मुख्य विषय भएकाले धेरै दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्थ छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com