सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – टंक वुढाथोकीको निर्देशनमा बन्न लागेको चलचित्र ‘मन विनाको धन २’मा नायक महेश त्रिपाठी अनुवन्धित भएका छन् । टंकले महेशसँग कागजी संझौता गरिसकेका छन् ।

महेशको भूमिका चलचित्रमा के हो भन्ने खुलेको छैन । तर, एउटा पारिवारिक र सामाजिक कथामा फिल्म बनाउने तयारी टंकको छ ।

यसअघि यो चलचित्रमा नायिका पूजा शर्मा अनुवन्धित भइसकेकी छिन् । चलचित्रमा पूजा र महेशको जोडी बाधिने हो या होइन भन्ने बिषयमा निर्माणपक्षले केही पनि बोलेको छैन ।

चलचित्रमा पटकथा तथा संवाद शिवम् अधिकारीको रहनेछ । अहिले, शिवम्ले धमाधम यो चलचित्रको कथा लेखिरहेका छन् । चलचित्रमा कथा र संगीत पनि टंककै रहनेछ ।

टंकले चलचित्रको सबै पात्रमा नाम चलेका र दर्शकले रुचाएका कलाकारलाई अनुवन्धित गर्ने योजना रहेको सुनाए । टंक वुढाथोकी फिल्मस्को व्यानरमा यो चलचित्रबन्न लागेको हो । चलचित्रलाई विष्णु माया मैनालीले निर्माण गर्नेछिन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com