सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – प्रवेश पौडेलको निर्देशनमा नयाँ नेपाली चलचित्र ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा गरिएको छ । उनले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’को निर्देशन गरेका थिए । यो उनको तेस्रो निर्देशकिय फिचर चलचित्र हुनेछ । आगामी साउन महिनामा यो चलचित्रको नेपालबाट छायांकन सुरु गरिनेछ ।
नेपालपछि चलचित्रको युरोप र अष्ट्रेलियामा समेत सिनेमाको छायांकन गरिने निर्माण टिमले जानकारी दिएको छ । यो चलचित्रको मुख्य भूमिकामा अभिनेता कबिर खड्का देखिनेछन् । उनको अपोजिटमा अभिनय गर्ने दुई अभिनेत्रीको खोजी भैरहेको निर्देशक पौडेलले बताए । दुवै जना अभिनेत्री अडिसनबाट छान्ने तयारीमा निर्माण टिमको छ । यो चलचित्रको निर्माण घोषणासँगै अभिनेत्रीको खोजी प्रक्रिया सुरु भएको हो ।

सितारा फिल्मस् र कबिर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रलाई सुरेन्द्र रावलले निर्माण गर्नेछन् । अभिनेता अभिनेता कबिर पनि यो चलचित्रका निर्माता हुन् । उनले एउटा सुन्दर लभस्टोरी सिनेमा दर्शकलाई पस्किने हेतुले चलचित्र निर्माणमा पाइला चालेको बताए । यो चलचित्रका सहनिर्माता करण खड्का हुन् ।
चलचित्रमा शरद महतोको डिओपी, अर्जुन कटुवालको संगीत र क्रियटिभ निर्देशकमा बम बहादुर थापा छन् ।








प्रतिक्रिया