सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनरत चलचित्र ‘काजी’को असारे गीत सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका ‘ज्यानको तिर्खा’मा रचना रिमाल र संगीतकार सिवाकोटीको स्वर सुन्न सकिन्छ ।
सार्वजनिक गीतको भिडियोमा चलचित्रमा मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, संदीप बाबु लोहनी लगायका कलाकारलाई देख्न सकिन्छ । रोपाइँको सेटअपमा तयार पारिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । यो गीचको अडियो उत्कृष्ट बनेको छ ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको काजीले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया मिलेपछि अभिनेता विपिन कार्की प्रचार प्रसारमा निकै लागि परेका छन् । उनी एक्लै विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । उनलाई हलमा भेट्ने धेरै दर्शकले ‘काजी २’ चाहियो भन्ने डिमाण्ड गरिरहँदा उनी उत्साहित हुँदै तपाई माया र साथ मिले पक्कै सिक्वेल बन्ने जवाफ दिने गर्छन् ।
चलचित्र रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। राम प्रसाद रिजालको प्रस्तुतिमा निर्माण भएको चलचित्रले ग्रामीण परिवेशको भावनात्मक कथा र सम्बन्धको संवेदनशील पक्षलाई पर्दामा उतारेको निर्माण टिमको दाबी छ । चलचित्रका निर्देशक लक्ष्मण रिजाल हुन् ।
असिम काफ्ले कार्यकारी निर्माता रहेको चलचित्र चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतरजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको साउण्ड डिजाइनर र सुजिल कर्माचार्यको पार्श्व संगीत, प्रोडक्सन हेड प्रकाश हमाल, विपीन मल्लको सम्पादन, बनिश शाहको सुपरभाइजर सम्पादनमा बनेको छ।
प्रदीप भारद्धाजको कथा लेखन रहेको चलचित्रका निर्मातामा नेहान रिजाल, विकाशराज जोशी रहेका छन् ।









प्रतिक्रिया