सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चन्द्र पन्तको निर्देशनमा निर्माण हुने चलचित्र ‘आ बाट आमा २’ को अभिनेत्रीका रुपमा निकिता आचार्य अनुबन्ध भएकी छन्। निर्माण पक्षले बिहिवार उनलाई चलचित्रका लागि अनुबन्द गरेको हो।
चलचित्रका निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई चलचित्रका लागि अनुबन्ध गरेको बताए। उनले भने,´हामीले निकितालाई चलचित्रको एक मुख्य भुमिकामा अनुबन्ध गरेका छाैँ।`
निकिताले यस अघि केही चलचित्रमा अभिनय गरिसकेकी छन्। आगामी असोज ३० गते अर्थात दसैंको फूलपातीबाट प्रदशर्नमा आउने यस चलचित्रमा यसअघि पल शाह,आकाश श्रेष्ठ,विपना थापा,प्रदीप रावतका अलवा साइग्रेस पोखरेल,गजित बिष्ट,नरेन खड्का अनुबन्धित भइसकेका छन्।

यस चलचित्रको कथा तथा पटकथा निर्देशक पन्तकै रहेको छ। नेपालमा यस चलचित्रको वितरण भने आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस चलचित्रको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।









प्रतिक्रिया