सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  चन्द्र पन्तको निर्देशनमा निर्माण हुने चलचित्र‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा मलिका महत अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई चलचित्रको मुख्य भुमिकामा अनुबन्धित गरेको हो। मलिका यस चलचित्रमा अनुबन्धभएसँगै तीन वटै हिरोइन फाइनल भएका हुन्। यसअघि अभिनेत्रीका रुपमा रिश्ता गुरूङ,निकिता आचार्य अनुबन्ध भइसकेका छन्। अब मलिका महत अनुबन्ध भएपछि हिरोइन फाइनल भइसकेका छन्। आइतबार निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई चलचित्रका लागि अनुबन्ध गरेका हुन्।

दर्शकले पल शाहको जोडी मलिका महत खोइ भन्दै चर्चा गरिरहेका थिए। अब दर्शकको चाहाना अनुसार मलिका महत पनि यो चलचित्रमा भित्रिएकी छन्। यस चलचित्रमा पल शाह,आकाश श्रेष्ठ,सबिन श्रेष्ठ,विपना थापा,प्रदीप रावत,साइग्रेस पोखरेल,गजित बिष्ट,नरेन खड्का अनुबन्धित भइसकेका छन्।

यस चलचित्रको कथा तथा पटकथा निर्देशक पन्त स्वयंमले लेखेका हुन्। केहि सातापछि नै फ्लोरमा जाने तयारीमा रहेको यो चलचित्र आगामी दसैंमा अर्थात अशोज ३० गतेबाट प्रदर्शनमा आउने छ। यो फिल्मको घोषणा हुँदै गर्दा केहि देशमा प्रदर्शन अधिकार समेत बिक्री भइसकेको छ। अमेरिका र क्यानडामा यो चलचित्र सोल्ट आउट भइसकेको निर्माण पक्षले जानकारी दिएको छ। त्यहाँ प्रदर्शनका लागि वितरक डोको फिल्म्सले महँगो रकममा खरिद गरेको छ।

नेपालमा यस चलचित्रको वितरण भने आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस चलचित्रको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्। गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा’को यो सिक्वेल हो। उक्त चलचित्रले अघिल्लो वर्ष झण्डै १४ करोडको बक्स अफिस कलेक्सन गरेको थियो। उक्त चलचित्रको कथालाई नै निर्देशक पन्तले निरन्तता दिदै सिक्वेल निर्माणको घोषणा गरेका हुन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com