सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेत्री मलिका महत अनुबन्ध भएसँगै चलचित्र ‘आ बाट आमा २’ को छायांकन सुरु भएको छ। निर्माण टिमले सोमबार बिहान मकवानपुरको चित्लाङबाट चलचित्रको छायांकन सुरु गरेको हो। यस चलचित्रका लागि निर्माण टिमले आइतबार मात्रै मलिकालाई मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरेको थियो।

चलचित्रको छायांकन चित्लाङ, काठमाडौँ र बेलायतको लन्डनमा गरिने निर्देशक चन्द्र पन्तले बताएका छन्। उनका अनुसार चित्लाङ र काठमाडौँको तालिका सकिएपछि बाँकी दृश्य खिच्न टिम लन्डन प्रस्थान गर्नेछ।

एक महिनाको कार्यतालिका ९सेड्युल० राखेर चलचित्रको छायांकन थालिएको निर्देशक पन्तको भनाइ छ। चलचित्रमा पल शाह र मलिका महतका साथै रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का लगायतको मुख्य भूमिका रहनेछ।

यस चलचित्रको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले लेखेका हुन्। आगामी दसैँको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रको मुख्य व्यवस्थापक ९प्रोडक्सन म्यानेजर० करनसिंह रसाली हुन्। यो चलचित्र गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ को सिक्वेल ९श्रृङ्खला० हो।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com