सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘लालीबजार’ ले पुरा गर्यो एक महिना, उस्तै छ दर्शकमा क्रेज । प्रदर्शनको ३० औँ दिनमा समेत हाउसफुल भएपछि अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, कार्यकारी निर्माता प्रदीप भट्टराई, निर्माता म्याक्स दीपेश खत्री विभिन्न सिनेमा घरमा पुगेर दर्शकलाई धन्यवाद दिँदै साक्षात्कार गरेका छन् ।
यसैबीच वरिष्ठ निर्देशक तुलसी घिमिरेले चलचित्र हेरेर अभिनेत्री स्वस्तिमा खड्का, नव अभिनेता विशाल देवकोटा, अभिनेता रवीन्द्रसिंह बानियाँ लगायतको तारिफ गरेका छन् । चलचित्र आम दर्शकसँगै कलात्मक खोज्ने दुवैलाई ‘लालीबजार’ प्याकेज रहेको उनले बताए ।
‘निकै सुन्दर फिल्म हेरे, जहाँ कला र व्यवसायिकताको पूर्ण मिश्रण छ । अर्थात् कलात्मक हेर्न चाहने दर्शकले धेरै कुरा पाउँछन् भने मनोरन्जनका लागि सिनेमा घर पुग्ने दर्शक पनि एकछिन पनि बोर हुदैनन् । तर, चलचित्रले सिनेमाघरबाट निस्किदै गर्दा मनोरन्जनसँगै शिक्षाको महत्व बुझाउँछ, हामीलाई कुप्रथा विरुद्ध आवाज उठाउन प्रेरणा दिन्छ । यो गज्जब बनेको छ’, निर्देशक घिमिरेले भने ।
चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गरेकी छिन् । विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् ।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको चलचित्र ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । चलचित्रमा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।









प्रतिक्रिया