सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको चलचित्र ‘रत्यौली’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र फागुनको २१ गतेबाट विश्वव्यापी रुपमा रिलिज हुने निर्माणपक्षले जनाएको छ ।

सुरज आचार्यको निर्माणमा तयार हुने चलचित्रलाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । चलचित्रमा नायक विजय बराल र नायिका पूजा शर्मा फाइनल भइसकेका छन् । नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन भदौ महिनाबाट सुरु हुँदैछ ।

चलचित्रको पोष्टर सार्वजनिक भएसँगै यसले चर्चा पाएको थियो । चलचित्रको वितरणको जिम्मा रिच इन्टरटेन्मेन्टका लागि करण श्रेष्ठले लिएका छन् ।

महाशिवरात्री र नारी दिवस परेकाले चलचित्रको प्रदर्शन मिति फागुन २१ लाई तय गरिएको करणले बताएका छन् ।
सामाजिक कथावस्तुमा तयार हुने चलचित्रको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com