सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नायिका तथा मोडल कविता नेपालीलाई उनको जन्मदिनको अवसर पारेर निर्देशक रुपेश तामाङले नयाँ चलचित्रमा अनुवन्धित गरेका छन् । रुपेशले निर्देशन गर्न लागेको चलचित्र ‘एक्का तीन’मा कविता नेपाली मुख्य नायिकाको रुपमा अनुवन्धित भएकी हुन् ।
चलचित्रमा यसअघि नै नायिका पूजा शर्मा र नायक पुष्प खड्का फाइनल भइसकेका छन् । भदौबाट छायांकनमा जाने यो चलचित्रका लागि मुख्य तीन कलाकारहरुको लाइनअप पुरा भएको छ ।

कविता भित्रिएपछि निर्देशक तामाङले भने–‘यो एक्सन जनराको चलचित्र हो । कविताजीको एक्सनलाई पनि दर्शकले रुचाएका छन् । यसैले, उहाँलाई हामीले उहाँकै जन्मदिनको अवसरमा अनुवन्धित गरेका हौं ।’
चलचित्रमा पूजा र कविताबिच कडा टक्कर हुने निर्देशक तामाङको भनाई छ । तीन पात्रको कथामा तयार हुन लागेको यो चलचित्रलाई जुना फिल्मस् र अधिरा फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो । चलचित्रलाई सुमन गजमेरले लेखेका हुन् ।कविताले यसअघि चलचित्र ‘एक्लो’मा काम गरिसकेकी छिन् । उनको एक्सनलाई दर्शकले यो चलचित्रमा रुचाएका थिए ।





प्रतिक्रिया