सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ककाकिकी’ को प्रभावकारी प्रचार–प्रसारका लागि विभिन्न डिजिटल तथा अनलाइन मिडियाबाट प्रमोशनल प्रपोजल (promotional proposal) आह्वान गरिन्छ ।
चलचित्रको प्रदर्शनपूर्व साउन १९ गतेदेखि भदौ १९ गतेसम्म (कम्तीमा १ महिनाको अवधि) तपाईंको मिडियाले सञ्चालन गर्न सक्ने सम्पूर्ण प्रचार–प्रसार योजनालाई स्पष्ट रूपमा समेटेर प्रपोजल पेश गर्नुहुन अनुरोध गर्दछौं।
प्रपोजलमा अनिवार्य रूपमा समावेश गर्नुपर्ने विवरणहरू:
प्रचार अवधिभर दैनिक वा साप्ताहिक रूपमा कुन प्लेटफर्ममा (वेबसाइट, फेसबुक, युट्युब, टिकटक आदि) कस्ता शीर्षकका कन्टेन्ट प्रकाशित गरिनेछन् भन्ने स्पष्ट कार्यतालिका।
चलचित्रको प्रभावकारी प्रचारका लागि तपाईंको मिडियाले तयार गरेको समग्र रणनीति तथा योजना।
एक महिनाभर प्रकाशित हुने कन्टेन्टको विवरण (समाचार, फिचर, अन्तर्वार्ता, भिडियो, अडियो, फोटो स्टोरी, रील्स, सर्ट्स आदि) र कुल संख्या।
निर्माण टिमले आयोजना गर्ने नियमित कार्यक्रमभन्दा फरक दर्शक आकर्षित गर्ने सिर्जनात्मक तथा विशेष प्रचार अवधारणाहरू।
युट्युब, फेसबुक, टिकटक तथा वेबसाइटमा कुन मितिमा, कुन शीर्षकमा र कस्तो प्रकारको कन्टेन्ट प्रकाशित हुनेछ भन्ने कन्टेन्ट क्यालेन्डर।
सम्पूर्ण प्रचार–प्रसारका लागि प्रस्तावित बजेट।
छनोट प्रक्रिया
डिजिटल प्लेटफर्ममा मौलिक, सिर्जनात्मक तथा कन्टेन्ट–केन्द्रित प्रचार योजना प्रस्तुत गर्ने मिडियालाई विशेष प्राथमिकता दिइनेछ।
यो सूचना प्रकाशित भएको मितिले ३ (तीन) दिनभित्र प्राप्त भएका प्रपोजलहरूलाई छनोट प्रक्रियामा प्राथमिकताका साथ समावेश गरिनेछ।
सुचना तथा प्रसारण बिभागमा सुचिकृत मिडियाहरुलाई प्राथमिकता दिनेछौं । साथै केहि कन्टेन्ट क्रिएटरलाई समेत छनोट गरिनेछ ।
प्रपोजल पठाउने माध्यम
WhatsApp: +977 9851279301
Email: [email protected]






प्रतिक्रिया