सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ — मिस युनिभर्स नेपाल २०२६ अन्तर्गतको बहुप्रतीक्षित स्ल्यास सेरेमनी सोल्टी होटलमा भव्यरूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रतियोगीहरूले पहिलो पटक आधिकारिक रूपमा आफ्नो सेस ग्रहण गरेका थिए। आयोजकका अनुसार यस सेरेमनीले प्रतियोगिताको औपचारिक सुरुवात मात्र नभई सहभागीहरूको आत्मविश्वास, व्यक्तित्व र प्रतिबद्धतालाई उजागर गर्ने अवसर बनेको जनाइएको छ। अब प्रतियोगीहरू प्रशिक्षण, विभिन्न चुनौतीपूर्ण चरण र सामाजिक गतिविधिमा सहभागी हुँदै ग्रान्ड फिनालेतर्फको यात्रा अगाडि बढाउनेछन्।
मिस युनिभर्स नेपाल प्रतियोगिता नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको छ।











प्रतिक्रिया