सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपालमा आइपरेको प्राकृतिक विपत्तिका बेला भारतीय अभिनेता तथा समाजसेवी सोनु सुदले नेपाल र नेपालीप्रति ऐक्यबद्धता जनाएका छन् । सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै सुदले विपद्को यो कठिन घडीमा नेपाल एक्लो नभएको बताएका छन् । उनले राहत तथा पुनर्निर्माणका लागि आवश्यक सामग्रीसहित नेपाल आउन लागेको जनाएका छन्।
उनले एक्समा लेखेका छन्, ‘नेपाल, तिमी एक्लो छैनौ। हामी खाद्य सामग्री, बासस्थानका लागि आवश्यक राहत र पुनरुत्थानका लागि ऊर्जा बोकेर सहयोग गर्न आउँदैछौँ ।’ विपद्का बेला मानवीय सेवामा सक्रिय रहँदै आएका अभिनेता सुदले नेपालमा आएको विपत्तिमा पनि प्रत्यक्ष रूपमा राहत पुर्याउने र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
यसअघि पनि विभिन्न संकटका समयमा मानवीय सेवामा सक्रिय भएर चर्चामा आएका सुदको पछिल्लो घोषणाको नेपाली प्रशंसक तथा सर्वसाधारणले स्वागत गरेका छन् । सामाजिक सञ्जालमा उनको सहयोगी भावनाको प्रशंसा गर्दै धन्यवादसमेत व्यक्त गरिएको छ ।










प्रतिक्रिया