सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कन्टेन्ट क्रिएटर तथा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली’का अभिनेता पारस बम ठकुरी (कुल ब्वाइ)ले बाढी प्रभावितका लागि पाँच लाख रुपैयाँ सहयोग गरेका छन् ।
गत बुधबार रसुवा, नुवाकोटलगायतका स्थानमा आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। विपद्को यस कठिन घडीमा देश तथा विदेशमा रहेका नेपालीहरूले आफूले सकेको आर्थिक तथा जिन्सी सहयोग गरिरहेका छन्।
यसै क्रममा पारसले पाँच लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेका हुन्। सहयोग गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पीडाको यस समयमा सबै एकसाथ उभिन आग्रह गरेका छन्।
उनले लेखेका छन्, ‘पीडाको यो समयमा हामी सबै एकसाथ उभिऔँ। हालै आएको बाढीले धेरैका घर, सपना र अमूल्य जीवनहरू खोसेको छ, जसले थुप्रै परिवारलाई अकल्पनीय पीडा दिएको छ। यही कठिन घडीमा हामीले केही सहयोग गर्ने प्रयत्न गरेका छौँ।’










प्रतिक्रिया