सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मुस्कान ढकालको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘रत्यौली’को छायांकन सुरु भएको छ । निर्माण टोलीले सोमबार बिहान पशुपति क्षेत्रमा पूजा गर्दै फिल्मको छायांकन थालनी गरेको हो। निर्माण पक्षका अनुसार काठमाडौंमा दुई दिन छायांकन गरेपछि फिल्मको टोली दोलखाको जिरी प्रस्थान गर्नेछ। जिरीमा करिब एक महिनासम्म फिल्मको छायांकन गरिनेछ।

नाइटेङ्गल इन्टरटेनमेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा विजय बराल, पूजा शर्मा, लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती र कल्पना थापालगायत कलाकारको अभिनय रहनेछ।

पूजा शर्माको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मका निर्माता सुरज आचार्य हुन्। हरि हुमागाईं र उत्तम हुमागाईंले डीओपीको जिम्मेवारी सम्हाल्नेछन् भने सुनिल निउरे मुख्य सहायक निर्देशकका रूपमा छन्। दीपेन्द्र गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर रहेको फिल्ममा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ।

नेपाली समाज, सम्बन्ध र संस्कृतिलाई कथाको मुख्य केन्द्रमा राखेर निर्माण हुन लागेको ‘रत्यौली’लाई निर्माण पक्षले आगामी फागुन २१ गतेदेखि प्रदर्शन गर्ने घोषणा गरिसकेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com