सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो अभिनय यात्रालाई सम्झिँदै सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेकी छन् । उनले असहज परिस्थितिका बीच पनि प्रयासलाई निरन्तरता दिनुपर्ने बताएकी छन् । करिश्माले लेखेकी छन्, ‘बाँचुन्जेल प्रयास गर्न छोड्नु हुँदैन। किनकि प्रयास गर्नु नै जीवनप्रतिको निरन्तरता हो ।’

स्टाटसमा उनले आफ्नो लामो अभिनय यात्राका विभिन्न क्षणलाई समेत स्मरण गरेकी छन् । उनले लेखेकी छन्, ‘कहिले बुवासँग नाचेँ, कहिले छोरीसँग । मञ्च बदलियो, समय बदलियो, तर यात्रा रोकिएन ।’

करिश्माले अभिनेता दिलीप रायमाझीसँग थुप्रै फिल्ममा सँगै काम गरिसकेका छन् । एक नयाँ फिल्ममा करिश्माले दिलीपकी छोरी दिव्या रायमाझीसँग समेत नृत्य गरेकी छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com