सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । टंक बुढाथोकीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मन बिनाको धन-२’को काठमाडौं उपत्यकामा पहिलो चरणको छायांकन पूरा भएको छ । २४ दिनसम्म चलेको काठमाडौं चरणको छायांकन भदौ ४ गतेदेखि सुरु गरिएको थियो ।

फिल्मको काठमाडौं छायांकन सकिएसँगै निर्माण टिम अब मुस्ताङतर्फ जाने तयारीमा जुटेको छ। केही दिनपछि मुस्ताङका रमणीय स्थानमा फिल्मका महत्वपूर्ण दृश्यहरू छायांकन गरिने निर्माण पक्षले जनाएको छ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्ममा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरूको बलियो जमघट छ। मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, ए.आर. बुढाथोकी, राजाराम पौडेल, किरण केसी, लक्ष्मी गिरी, प्रकाश घिमिरे, निर्मल शर्मा, रश्मिला तामाङ, प्रभातपाल ठकुरी र शंकर श्रेष्ठलगायत कलाकार फिल्ममा देखिँदैछन्।

परिवार, सम्बन्ध र भावनात्मक पक्षलाई केन्द्रमा राखिएको फिल्मको कथा निर्देशक टंक बुढाथोकीले तयार पारेका हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीको रहेको छ भने फिल्मको संगीत पनि बुढाथोकीले नै सम्हाल्नेछन्।

विष्णुमाया मैनाली बुढाथोकी निर्माता रहेको फिल्मको छायांकन नरेन्द्र मैनालीले गरिरहेका छन्। मित्र डी. गुरुङ सम्पादन तथा रेनिश फागो कलरिङमा छन्।फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन र शुक्रराज शाहको द्वन्द्व निर्देशन रहेको छ। नवराज शर्मा मुख्य सहायक निर्देशक तथा भोला सुवेदी ‘प्रनप’ प्रोडक्सन म्यानेजरका रूपमा कार्यरत छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com