सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नवौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितेकी छन्। उपाधिसँगै उनले ३० हजार रुपैयाँ प्राप्त गरिन्। प्रतियोगितामा मन्नत अग्रवाल फस्ट रनरअप र सृष्टि शाह सेकेन्ड रनरअप घोषित भए। अर्गनाइजेसन च्वाइस अवार्ड भने साम्राज्ञी भण्डारीले प्राप्त गरिन्।

विधागत अवार्डतर्फ श्रीप्रिया अग्रवाल ‘मिस ब्युटी विथ ब्रेन’ र ‘मिस क्याटवाक’, मानवी राजवंशी ‘मिस ट्यालेन्ट’, सृष्टि शाह ‘मिस फोटोजेनिक’, साम्राज्ञी भण्डारी ‘मिस इन्टीलेक्ट’, रिद्धि शाह ‘मिस पपुलर’, साम्राज्ञी भण्डारी ‘मिस पब्लिक च्वाइस’, मन्नत अग्रवाल ‘मिस मल्टिमिडिया’, दक्षिता यादव ‘मिस डिसिप्लिन’, कृपा गौतम ‘मिस फ्रेन्डसिप’, सृष्तिजा कोइराला ‘मिस स्माइल’, निविका गुप्ता ‘मिस ब्युटिफुल आइज’, मन्नत अग्रवाल ‘मिस पर्सनालिटी’, जागृति शाह ‘मिस अनेस्ट’, गेस्ना संग्रौला ‘मिस क्युट’, सिद्धि शाह ‘मिस बब्ली’, रिद्धि शाह ‘मिस ब्युटिफुल हेयर’, नम्रदा चौधरी ‘मिस आउटस्ट्यान्डिङ पर्फर्मेन्स’ र साम्राज्ञी भण्डारी ‘मिस एक्टिभ’ घोषित भए।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको प्रमुख आतिथ्यमा प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगिताका निर्णायकमा न्यू सृष्टि दैनिकका अध्यक्ष शंकर खरेल, उद्घोष दैनिकका अध्यक्ष बन्धु पोखरेल, सोम्स कलेजका अध्यक्ष रोशन घिमिरे तथा ‘मिस कोशी २०२५’की विजेता एवं मोडल रजनी थापा रहेका थिए।

आयोजक जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायका अनुसार फाइनलमा पुगेका प्रतियोगीलाई प्रमाणपत्रसहित विभिन्न उपहार सामग्री प्रदान गरिएको थियो।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com