सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता विराज भट्टको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म ‘१२ गाउँ’ प्रदर्शन भईसकेको छ । फिल्ममा विराजसँगै उनका छोरा समीर भट्ट पनि छन् । यी दुईको जुगबन्दीमा निर्माण भएको फिल्म ‘१२ गाउँ’ ले अनपेक्षित रूपमा बम्पर व्यापार गरेको थियो ।

घरेलुबजारमा झन्डै २० करोडको हाराहारीमा व्यापार गरेपछि विराज र समीरको डिमाण्ड फिल्मनगरीमा अचानक बढ्यो । सोही सफलताका कारण यसको सिक्वेललाई पनि दशैंमै ल्याउने अडानमा अभिनेता भट्ट रहेका थिए।

यद्यपि, गत वर्ष विसं २०८२ को दशैंमा प्रदर्शन भएको फिल्म ‘बलिदान’ ले अपेक्षाकृत व्यापार गर्न सकेन । लगानी समेत उठाउन नसकेपछि समीरको स्टारडममा प्रश्न उठ्यो । यसकारण पनि दशैंमा प्रदर्शन भएको फिल्म ‘१२ गाउँ २’ को कमाइले विशेष अर्थ राख्छ ।

पहिलो भागको कलेक्सन रेकर्ड तोड्नु र आफ्नो स्टारडम पुनः देखाउने अवसर विराज र समीरलाई छ । नेपाली फिल्म क्षेत्रमा लामो समय एक्सन स्टारको छवि बनाएका विराजले नेपालीसँगै भोजपुरी भाषाका फिल्महरूमा पनि अभिनय गरेका थिए। भोजपुरी फिल्महरूको दर्शक घट्न थालेपछि उनी नेपाल फर्किएर पुनः नेपाली फिल्ममा सक्रिय भएका हुन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com