सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपालको ठूलो ओटीटी प्लेटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै विभिन्न नेपाली फिल्म उपलब्ध गराएको छ । ‘लालीबजार’मार्फत सुरुवात गरेको डिगोमा मासिक २४९ रुपैयाँको सदस्यता लिएर ‘मन बिनाको धन’, ‘माइतीघर’लगायतका धेरै फिल्म हेर्न सकिन्छ । यस्तै, छिट्टै ‘जनै हराएको मान्छे’ र ‘सोल्टिनी’ पनि उपलब्ध हुने जनाइएको छ ।
प्रवासमा रहेका दर्शकलाई सरल र झन्झटरहित सेवा प्रदान गर्न नेपाली फिल्मको लाइब्रेरी विस्तार गर्न लागिएको डिगोले जनाएको छ । डिगोका अनुसार ग्राहकले एउटै सदस्यतामार्फत एपमा उपलब्ध सबै फिल्म, लाइभ स्पोर्ट्स, रियालिटी शो तथा जिओहटस्टारका सामग्री हेर्न पाउनेछन् ।
जिओहटस्टारमा उपलब्ध ‘भेडिया’, ‘टुवेल्थ फेल’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’ र ‘वेलकम टु द जंगल’जस्ता फिल्मसँगै जिओहटस्टार ओरिजिनल सामग्रीहरू पनि डिगोमा हेर्न सकिनेछ। तीमध्ये ‘हुंकार’, ‘प्रितम एन्ड पेड्रो’, ‘अलि बाबा और ४० भूत’, ‘स्पेसल अप्स’ र ‘चिरैया’ लगायतका सामग्री रहेका छन् ।
यसका साथै हिन्दी भाषामा उपलब्ध ‘बेथेलहेम कुटुम्ब युनिट’ र ‘थुडक्म’जस्ता चर्चित दक्षिण भारतीय फिल्म पनि डिगोमा हेर्न सकिने जनाइएको छ। मनोरञ्जनात्मक कार्यक्रमतर्फ ‘बिग बोस’, ‘इन्डिया का टप १ पर्सेन्ट’ र पछिल्लो समय चर्चामा रहेको ‘कफी विथ करण’जस्ता लोकप्रिय रियालिटी शोसमेत प्लेटफर्ममा उपलब्ध छन्।
डिगोले हरेक हप्ता नयाँ नेपाली फिल्म थप्दै जाने जनाएको छ। यससँगै मासिक २४९ रुपैयाँको सदस्यतामार्फत नेपाली फिल्म, भारतीय फिल्म, अन्तर्राष्ट्रिय मनोरञ्जन सामग्री, लाइभ स्पोर्ट्स र रियालिटी शो एउटै प्लेटफर्ममा हेर्न सकिनेछ।







प्रतिक्रिया