सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भारतीय फिल्म ‘रामायण’ले भारतसँगै नेपालमा पनि उत्साहजनक सुरुवात गरेको छ । नितेश तिवारीको निर्देशनमा बनेको फिल्मले नेपालमा प्रदर्शनको चार दिनमै करिब ८ करोड रुपैयाँ व्यापार गरेको छ ।
बक्सअफिस स्रोतका अनुसार बिहीबारदेखि प्रदर्शनमा आएको फिल्मले आइतबारसम्म ७ करोड ८५ लाख रुपैयाँ कमाइ गरेको छ । नेपालमा फिल्मको अकुपेन्सी उच्च रहेकाले आगामी दिनमा पनि यसको कमाइको गति कायम रहने विश्वास प्रदर्शकले गरेका छन् ।
फिल्ममा रणवीर कपूरले राम, यशले रावण, साई पल्लवीले सीता, सनी देओलले हनुमान र रवि दुबेले लक्ष्मणको भूमिका निर्वाह गरेका छन् । नितेश तिवारी निर्देशित फिल्मलाई लिएर भारतसँगै नेपालमा पनि दर्शकको आकर्षण देखिएको छ ।






प्रतिक्रिया