सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । हलिउडकी चर्चित अभिनेत्री तथा ओस्कार विजेता ऐनी हैथवे तेस्रो सन्तानकी आमा बनेकी छन् । अभिनेत्री हैथवे र उनका पति एडम शुलम्यानले तेस्रो सन्तानलाई परिवारमा स्वागत गरेका हुन् ।

हालै ऐनी न्युयोर्कका सडकमा नवजात शिशुलाई छातीमा टाँसेर हिँडिरहेको अवस्थामा देखिएकी छन् । यद्यपि, ऐनी र उनका पति एडमले सन्तान जन्मिएको विषयमा अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन् ।

ऐनी र एडमले सन् २०१२ मा विवाह गरेका थिए। उनीहरूका यसअघि दुई छोरा छन्। जेठा छोरा जोनाथन १० वर्षका छन् भने कान्छा छोरा ज्याक ६ वर्षका छन्। तेस्रो सन्तानको आगमनसँगै परिवारमा खुसी थपिएको छ।

ऐनीले यसै वर्ष जुन महिनामा आफू गर्भवती भएको खबर सार्वजनिक गरेकी थिइन्। उनले बारबरा लुइसको गीत ‘बेबी, आई एम योर्स’ मा एउटा भिडियो सार्वजनिक गर्दै गर्भावस्थाबारे जानकारी दिएकी थिइन्। भिडियोमा उनी सेतो रङको लामो पहिरनमा बेबी बम्पसहित देखिएकी थिइन्।

गर्भावस्थाको खबर सार्वजनिक गर्दै उनले हरेक गर्भावस्थाको यात्रा सहज नहुने बताएकी थिइन्। यसपटकको खुसी आफ्नो जीवनका लागि विशेष रहेको उनको भनाइ थियो।

फिल्मी करियरको कुरा गर्दा ऐनी हालै फिल्म ‘भेरिटी’मा देखिएकी थिइन् । उक्त फिल्ममा उनीसँगै डकोटा जोन्सन र जोस हार्टनेटले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com