सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –चलचित्र ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

यस चलचित्रमा नायिका रोशनी कार्की शीर्ष भूमिकामा छन् । नायिका उषा रजक, नायकहरु शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौला मुख्य भूमिका छन् ।

निर्देशक रोशन मिराजका अनुसार चलचित्र तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित रहेर निर्माण गरिएको हो ।

चलचित्रमा ‘लालिमा’को भूमिका नायिका रोशनीले निर्वाह गरेकी छन् । उनको आमाको भूमिकामा उषा छिन् ।

चलचित्रबारे निर्देशक मिराजका भन्छन्, ‘चलचित्रको कथा लालिमाको कठिन यात्रासँग सम्बन्धित छ । एक घटनाले लालीमाकी बोल्न नसक्ने आमा कारगार पुग्छिन् । आमालाई कारागार मुक्त गराउने क्रममा लालीमा सहरको कठोर र अँध्यारोतर्फ धेकेलिन्छन् । त्यसपछि लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँच्न बाध्य हुनेछिन् । यही कथामा फिल्म बनेको हो ।’

पोस्टरमा नायिका रोशनी कार्कीलाई एकल फिचर्ड गरिएको छ । उनले एक झ्लायको छेउमा संकटमा परेर बसिरहेको देख्न सकिन्छ । उनको शरीररको माथिल्लो भागको कपडा छैन । एक सेतो कपडाले उनले शरीर छोपेकी छन् । उनको लाली लतपतिएको लालीले उनको चरित्रप्रति संशय पैदा गर्छ ।

‘लालिमा’ पीडाको मात्रै नभएर शोषण र संरचनागत अन्यायको पनि नुझक्ने मानवीय सहासको कथा रहेको निर्देशक मिराजको तर्क छ ।

फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् ।चलचित्रको लेखक मिराज आफैँ हुन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com