सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हामी तीन भाइ’को प्रचारप्रसार निकै तिब्र पारिएको छ। निर्माण पक्षले पोस्टर,टिजरका साथै गीत दर्शकमाझ सार्वजनिक गरिरहेका छन्।

निकै हाइप बढाएको यो चलचित्रमा समावेश गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ रिलिज भएको छ। शुक्रबार निर्माण टिमले ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो।

लोकलयमा आधारित यो गीतमा साप शक्ति र अस्मिता अधिकारीले गाएका छन्। गीतलाई गायक शक्तिले नै संगीत भरेका छन् भने गीतको शब्द सुवलमणि सापकोटाले लेखेका हुन्। गीतको सङ्गीत संयोजन (एरेन्ज) महाराज थापाको छ। साथै गीत र गीतको भिडियोले नेपाली समाजको ग्रामीण परिवेश र स्थानीय स्वाद झल्काउछ।

यस गीतमा चलचित्रका मुख्य कलाकार फलित राई,जाहान्वी बस्नेत,कुशल बिष्ट र आश्मा गिरीले छमछमी नाचेका छन्। उनीहरुको नृत्यले दर्शक तथा स्रोतालाई मोहित बनाउने देखिन्छ। नेपाली समाज र परिवेशलाई आधार मानेर निर्माण गरिएको यो गीतको भिडियो निकै सुन्दर देखिन्छ।

प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक मधुसूदन भट्टराई हुन्। कमेडी तथा सामाजिक कथामा आधारित चलचित्रमा मुख्य कलाकार अर्थात तीनमा विनोद न्यौपाने, कुशल विष्ट र फलित राई छन्। उनीहरुकै कथा वरपर फिल्म घुमेको छ।

चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।

त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माता विक्रम तामाङ छन्। सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।

साजित महत प्रस्तुतकर्ता रहेको यस चलचित्रको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन् । शिव ढकालले खिचेको यस चलचित्रको सम्पादन बनिश शाहले गरेका छन् भने संगीत साप शक्ति,बाबुल गिरीले भरेका छन्। नृत्य कमल राई इन्द्र देव महर्जन पाश्र्व संगीत सम्राट थापा ध्वनी मिश्रण मुकेश शाह,रंग संयोजक रेनिश फागोको छ।

चलचित्रको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेलले गरेका छन् भने प्रचार साम्रगी आइडियल डिजाइनर्सले तयार पारेको हो। यस चलचित्रको सहायक सम्पादन क्यामोदिन मिया, श्रृंगार अशोक रोक्काको छ। चलचित्रमा पाश्र्वसंगीत सम्राट थापाको छ भने द्वन्द्ध निर्देशन देव महर्जनले गरेका छन्। ग्राफिक्स एक्स समिर मिया,कला निर्देशक दिनेश लामा ‘गैंडा’,निर्माण नियन्त्रक सन्देश राई (भान्जा)ले गरेका छन् भने पोस्ट प्रोडक्सनको काम मोसन स्टूडियोले गरेको हो। चलचित्रलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com