सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्र ‘पार्वर्ती’ छायांकनमा निस्किने तयारीमा जुटेको छ। निर्माण टिमले यहीँ चैत २४ गतेबाट छायाँकनमा निस्किने तयारी गरेको जानकारी दिएका छन्। साथै चलचित्रको प्रदर्शन मिति समेत तोकिएको छ।
यस फिल्मकी निर्देशक नीता ढुङ्गालोचलचित्रलाई आगामी भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने बताइन्। उनले भनिन्,‘हामी यहीँ चैत २४ गतेबाट चलचित्रको छायांकनमा निस्किदैछौँ। र हामीले वितरक तथा सबैसँगको सल्लाह अनुसार चलचित्रलाई आगामी भदौ १२ गतेबाट रिलिज गर्ने घोषणाको तयारीमा पनि छौँ।’
यस चलचित्रमा निर्देशक ढुङ्गाना आफै मुख्य भुमिकामा अभिनय गर्दैछिन्। नीताका साथमा दीपाश्री निरौला,अशोक दर्जी,सिरु बिष्ट,राधिका कँडेल,राज पंगेनी शर्मा,राजेन्द्र नेपाली,आशा पौडेल लगायतको अभिनय रहनेछ। निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस चलचित्रको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदिप बरालको डिओपी रहेको यस चलचित्रमा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन्। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्। उनी पहिलो पटक यस चलचित्रमा क्रियटिभ निर्देशकका रुपमा काम गर्न लागेका हुन्।
यस चलचित्रमा प्रोडक्सन शंकर पाण्डेले हेर्दैछन् पनि कार्यकारी निर्माता पनि उनै रहेका छन्। चलचित्रको सम्पादन साहिल खानको रहने छ भने यस चलचित्रको पोस्टर डिजाइन् रोयल भिमसेनको छ।






प्रतिक्रिया