सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अक्षरा’को तीज गीत ‘नाचौन बरिलै’ रिलिज भएको छ। निर्माण पक्षले काठमाडौंमा पत्रकार तथा फिल्मकर्मीको उपस्थितिमा चलचित्रमा समावेश गीत ‘नाचौन बरिलै’ गीतको भिडियो रिलिज भएको हो। गीतको भिडियोलाई मुभिज डिजिटेनमेन्ट युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।
समिक्षा अधिकारीले गाएको यो गीतलाई सुरेन्द्र रानाले लेखेका हुन्। साथै यस गीतको संगीत कर्णराज गिरीले भरेका छन्।
लोकलयमा आधारित यो गीतको गीतमा चलचित्रका मुख्य अभिनेत्रीद्धय न्यान्सी खड्का र रिस्ता अधिकारीले नाचेका छन्। उनीहरुको नृत्यलाई उपस्थित पत्रकार तथा फिल्मकर्मीहरुले मन पराए। रामजी लामिछानेको कोरियोग्राफी रहेको यस चलचित्रलाई विनयराज पौडेलले निर्देशन गरेका हुन्।
यस चलचित्रमा न्यान्सी खड्का,सुशील सिटौला,सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी,अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी,सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय रहेको छ। यस चलचित्रको बालकलाकारमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रको प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना)हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेको यस चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्।यस चलचित्रको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्।
यस चलचित्रका गीतमा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहेको छ भने गायनमा गायन अन्जु पन्त,समिक्षा अधिकारी,रचना रिमाल,एसडी योगी छन्। दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको ‘अक्षरा’लाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्।
यस फिल्मको गीत तथा प्रचारप्रसार सामाग्री मुभिज डिजिटेनमेन्टमार्फत हेर्न सकिने छ। चलचित्रका सम्पूर्ण डिजिटल सामग्रीहरू मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक हुने निर्माण पक्षले जनाएका छन्।
केहि दिनअघि चलचित्रको निर्माण पक्ष र डिजिटल कम्पनीका प्रतिनिधिहरू प्रदीप धामी, पुष्कर शर्मा घिमिरे तथा आशिष तामाङबीच औपचारिक कागजी सम्झौता गरेका थिए। आगामी भदौ २६ गतेदेखि देशभरका चलचित्र हलमा प्रदर्शन हुने यस चलचित्रको चर्चाले निर्माण पक्ष उत्साहित रहेका छन्।






प्रतिक्रिया