सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । बलिउड अभिनेत्री पूजा चोपडाले काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना तथा दर्शन गरेकी छन्। पशुपति क्षेत्र विकास कोषका अनुसार अभिनेत्री चोपडाले २ हजार १ सय रुपैयाँको रसिद काटेर पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना तथा दर्शन गरेकी हुन्।

कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमका अनुसार चोपडासहित सोमबार २३५ जनाले विशेष पूजाको रसिद काटेर पशुपतिनाथ मन्दिरमा पूजा, आराधना तथा दर्शन गरेका छन्।

सौरमासअनुसार आज साउनको अन्तिम दिन भएकाले बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको घुइँचो लागेको छ। सार्वजनिक बिदासमेत परेकाले साउनको अन्तिम दिन ठूलो संख्यामा भक्तजन आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि पुगेका छन्।

अभिनेत्री चोपडा पनि साउन महिनाको अवसर पारेर पशुपतिनाथको पूजा, आराधना तथा दर्शन गर्न नेपाल आएकी हुन्। गत साता बलिउड अभिनेत्री शिल्पा सेट्टीले पनि पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना तथा दर्शन गरेकी थिइन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com