सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । निरजरा ब्युटी सलोन एण्ड एकेडेमीले विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो १८औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा १२५ जना विद्यार्थीलाई सम्मानसहित प्रमाणपत्र वितरण गरिएको छ ।

विसं २०६५ साल भदौ ९ गते धादिङको खानिखोला बजारस्थित एउटा सानो कोठाबाट सुरु भएको निरजरा ब्युटी सलोन एण्ड एकेडेमीले हाल खानिखोला, रविभवन र चाबहिलमा गरी तीनवटा शाखाबाट सेवा प्रदान गर्दै आएको छ । संस्थाकी संस्थापक नुरा कुँवरको नेतृत्वमा सुरु भएको संस्थाले समयसँगै स्किन एस्थेटिक, विभिन्न व्यावसायिक ब्युटी सेवा, मेकअप तथा सेमी-पर्मानेन्ट मेकअपलगायतका सेवा विस्तार गरेको छ।

आधुनिक उपकरण तथा प्रविधिको प्रयोग गर्दै ग्राहकलाई सुरक्षित र व्यावसायिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको संस्थाले विशेष मेकअप सेवाका लागि निरजरा मेकअप स्टुडियोसमेत सञ्चालन गरिरहेको जनाएको छ।

सलोन सेवासँगै सीप तथा व्यावसायिक शिक्षा प्रदान गर्दै आएको निरजरा ब्युटी एकेडेमीबाट हालसम्म २ हजार ५०० भन्दा बढी विद्यार्थीले विभिन्न तहका ब्युटी, स्किन एस्थेटिक तथा सेमी-पर्मानेन्ट मेकअपसम्बन्धी पाठ्यक्रम पूरा गरिसकेका छन्। तीमध्ये धेरैजना नेपाल तथा विदेशमा पेशागत रूपमा कार्यरत छन् भने केहीले आफ्नै ब्युटी व्यवसाय सञ्चालन गर्दै आएका छन्।

वार्षिकोत्सव कार्यक्रममा अभिनेता धिरज मगर, कलाकार पुष्पा थिङ, सांसद भूमिका श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्ने अधिकांश अतिथिले १८ वर्षसम्म निरन्तर व्यावसायिक यात्रा अघि बढाउन सफल भएकोमा निरजरा ब्युटी सलोन एण्ड एकेडेमीको प्रशंसा गर्दै आगामी दिनमा सेवा तथा प्रशिक्षणलाई थप विस्तार गर्न शुभकामना दिएका थिए ।

महिला नेतृत्वमा सञ्चालित निरजराले सौन्दर्य सेवासँगै सीप विकास, आत्मनिर्भरता र रोजगारी सिर्जनालाई समेत आफ्नो उद्देश्यका रूपमा अघि बढाउँदै आएको जनाएको छ । संस्थाले आर्थिक अवस्था वा सामाजिक हैसियतका आधारमा भेदभाव नगरी सबै वर्ग र समुदायलाई समान सम्मानका साथ सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com