सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गायक दुर्गेश थापा आफ्नो टिमसहित बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । बुधबार आएको विनाशकारी बाढीका कारण प्रभावित भएका मानिसहरूका लागि थापाले राहत सामग्री वितरण गरेका हुन् ।

थापा नुवाकोट पुगेर बालबालिकाका लागि ४० थान कपडा तथा सिरक,डसना वितरण गरेका छन् । बाढी प्रभावित क्षेत्रको अवस्था देखेर भावुक बनेका थापाले सामाजिक सञ्जालमार्फत आफूले सकेको सहयोग गरेको बताएका छन् ।

उनले लेखेका छन्, ‘यी दृश्यहरूले मनभित्र कति ठूलो पीडा दिए, शब्दमा भन्न सक्दिनँ । त्यसैले आफ्नो तर्फबाट र रोयल किड्सको तर्फबाट सकेको राहत सामग्री लिएर उहाँहरू भएको ठाउँसम्म पुगेँ ।’

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com