सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीबाट प्रभावितहरूको सहयोगका लागि यतिबेला सर्वसाधारणदेखि कलाकारसम्म सक्रिय भएका छन्।

यसैबीच, अभिनेत्री प्रियंका कार्कीले बाढीपीडितका लागि राहत सामग्री जुटाएकी छन्। आफ्नो टिमलाई प्रभावितका लागि ठूलो मात्रामा सहयोग सामग्री प्राप्त भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी हुन्। सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै प्रियंकाले प्राप्त भएका सामग्री विशेषगरी अहिलेसम्म राहत पुग्न नसकेका प्रभावित क्षेत्रसम्म पुर्‍याउने बताएकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘हाम्रो सम्पूर्ण टिम मिलेर तपाईंहरूको सहयोग सही ठाउँ र सही हातसम्म पुर्‍याउन प्रतिबद्ध छौँ। तपाईंहरूको सानो–ठूलो हरेक सहयोगले कसैको जीवनमा ठूलो फरक पारिरहेको छ।’

प्रियंकाले विपद्को यस कठिन घडीमा प्रभावित परिवारको सहयोगका लागि हातेमालो गर्न सबैलाई आग्रहसमेत गरेकी छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com