सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कलाकार शारदा गिरी ‘कालीआमा’ले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगार्थ सरकारी राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेकी छन् ।गिरीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै देश र जनता मर्माहत भएको यस कठिन घडीमा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत रूपमा सहयोग गरेको बताएकी छन् ।

‘यस दुःखद घडीमा जति सहयोग गरे पनि कम नै हुन्छ । मेरा छोराछोरीहरूले पनि राहत प्रदान गरिसकेका छन्,’ उनले लेखेकी छन्, ‘तर मेरो मनले नमानेकाले मैले व्यक्तिगततर्फबाट सरकारी राहत कोषमा ५ लाख रुपैयाँ जम्मा गरेकी छु ।’

प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले उक्त रकम प्रदान गरेको गिरीले बताएकी छन् ।कलाकार गिरी ‘हल्का रमाइलो’ लगायत विभिन्न टेलिश्रृंखला र फिल्ममा अभिनय गर्दै आएकी छन् । ‘कालीआमा’ पात्रमार्फत उनी दर्शकमाझ लोकप्रिय छिन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com