सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘चमेलीको पोइ’को दोस्रो गीत ‘माया मान्छौ र’ सार्वजनिक गरिएको छ । एभरेस्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्मको बिहीबार सार्वजनिक गीतमा आशिष अविरलको संगीत तथा मेलिना राई र आशिष अविरलको युगल स्वर रहेको छ । गीतमा एकनारायण भण्डारीको शब्द छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सुरक्षा पन्त र मुकुन भुसाल फिचर्ड छन् । गीतको भिडियो मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको हो ।
यसअघि सार्वजनिक फिल्मको शीर्ष गीत ‘ओइ ओइ चमेली’ले दर्शकको ध्यान खिचिरहेका बेला निर्माण टिमले दोस्रो गीत सार्वजनिक गरेको हो। पोस्टर सार्वजनिक भएसँगै चर्चामा रहेको ‘चमेलीको पोइ’बाट करिब डेढ दशकपछि चर्चित हास्य अभिनेता नारायण त्रिपाठी ‘प्रेमचरो’ ठूलो पर्दामा पुनरागमन गर्दैछन्।
फिल्ममा नारायण त्रिपाठीसँगै मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, उमेश राई, रविन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा र अनुष्का नारायणलगायत कलाकारको अभिनय छ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका छायाकार शेरबहादुर तामाङ हुन्। उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमीत्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेको फिल्ममा नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कुँवर र प्रदीपकुमार सापकोटा सह-निर्माता छन्। धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देशन र बन्दे प्रसादको सम्पादन छ।






प्रतिक्रिया