सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । एक्सन स्टार निखिल उप्रेतीको निर्माण, निर्देशन तथा मुख्य अभिनय रहेको फिल्म ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता निखिल उप्रेलीसँगै अभिनेत्री सजिना श्रेष्ठ फिचर्ड छिन् । पर्दामा प्रायः दमदार एक्सन अवतारमा देखिँदै आएका निखिललाई यस गीतमा भने प्रेमील र रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ, जसले दर्शकको ध्यानाकर्षण गराएको छ ।

युग भुसालको शब्द तथा सङ्गीत रहेको यस गीतमा गौराङ्गा शेखर शर्मा र ज्योत्स्ना जौडाको स्वर रहेको छ । निखिल उप्रेती स्वयम्को लेखन, निर्माण र निर्देशनमा तयार भएको यस फिल्ममा नेपाली तथा विदेशी कलाकारको ठूलो उपस्थिति रहेको छ ।

फिल्ममा निखिल र सजिनाका साथै दक्षिण भारतीय (टलिउड) कलाकारहरू रघु बाबू र रघु करुमन्ची, बलिउड कलाकारहरू दीपजङ्ग राणा र रोहित चौधरी तथा नेपाली कलाकार पूर्णिका सिजापती लगायतको अभिनय देख्न सकिन्छ । सौरभ लामा, मनु विक र नवराज थापाले संयुक्त रूपमा छायाङ्कन गरेको यस फिल्ममा शुक्रराज शाहको एक्सन निर्देशन र बन्दे प्रसादको सम्पादन रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com