सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । शनिबार नेपाल एकेडेमीको हलमा ‘छुटेको गाईजात्रा’ शीर्षकमा हास्य तथा व्यंग्यात्मक कार्यक्रम आयोजना गरिएको छ। रसुवामा आएको विनाशकारी बाढीका कारण यसअघि स्थगित भएको कार्यक्रम शनिबार आयोजना गरिएको हो ।

कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेलले आर्टिफिसियल इन्टेलिजेन्स, एल्गोरिदम र नयाँ प्रविधिजस्ता समसामयिक विषयलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरिएको विशेष स्किट प्रस्तुत गरेका थिए। यस्तै, लक्ष्मण गमनागेले आफ्ना व्यंग्य कविता वाचन गरेका थिए।

कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, राजनीतिज्ञ अर्जुन केसी, आशिष गजुरेल, रिमा विश्वकर्मा, चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दिनेश डिसीलगायतको उपस्थिति थियो।

झन्डै दुई घण्टाभन्दा बढी समय चलेको कार्यक्रमले दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै दैनिक जीवनका दुःख र तनाव भुलाउने अवसर दिएको थियो। हास्य, व्यंग्य र समसामयिक विषयको प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक साँझका रूपमा प्रस्तुत गरेको थियो। कार्यक्रमका विभिन्न झलक फोटो पत्रकार विकास रौनियारले आफ्नो क्यामेरामा कैद गरेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com