सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको ‘मिस्टर एण्ड मिस लिटिल कोशी सिजन १०’को अडिसन धमाधम भइरहेको छ। प्रतियोगिताका लागि ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले अडिसन दिइरहेको आयोजक संस्थाका अध्यक्ष जय राज रायले जानकारी दिएका छन्।
रायका अनुसार विराटनगर, इटहरी, धरान, गछिया, विराटचोक, उर्लाबारी, दमक र बिर्तामोडमा अडिसन भइरहेको छ। अडिसनमा ‘मिस कोशी’का विजेता, स्थानीय समाजसेवी तथा मिडियाकर्मी निर्णायकका रूपमा रहेका छन्।
प्रतियोगिताको छनोट चरणबाट छानिएका प्रतियोगीलाई दसैंको बिदामा प्रशिक्षण दिइने अध्यक्ष रायले बताए। बालबालिकाको पढाइमा असर नपर्ने गरी प्रतियोगिता सञ्चालन गरिने उनको भनाइ छ।
‘बालबालिकाको पढाइमा कुनै पनि असर नपुग्ने गरी यो प्रतियोगिता हुनेछ,’ रायले भने, ‘बालबालिकामा रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले हामीले प्रत्येक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएका छौं।’
आयोजकका अनुसार प्रतियोगिताको फिनाले छठपछि हुनेछ।







प्रतिक्रिया