सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता, निर्देशक तथा निर्माता दीपकराज गिरीको फिल्म ‘छ माया छपक्कै’ लाई दर्शकले मन पराएका छन् । असोज ३१ गतेदेखि प्रदर्शन भएको फिल्मलाई दर्शकले मनोरन्जनको प्याकेज भन्दै प्रतिक्रिया दिएका छन् । प्रदर्शनको पहिलो दिन दर्शक प्रतिक्रिया लिन पुगेका अभिनेता गिरीलाई दर्शकले ट्रेलर भन्दा फिल्म राम्रो भन्दै प्रतिक्रिया दिए ।
‘दर्शक जुन विश्वासका साथ हलसम्म आउनुभएको थियो, फर्किदा सन्तुष्ट भएको पाएँ । दर्शकको सन्तुष्टी हाम्रो ठूलो सफलता हो’, अभिनेता गिरीले भने । उनले आगामी दसैँमा यसको तेस्रो भाग आउने पनि घोषणा गरे ।
‘हामीले कथा लेख्दा नै यो दुई भागका लागि तयार भएको थियो । सबै रेडी छ, छायांकन गर्न बाँकी हो । त्यसैले ‘छ माया छपक्कै ३’ आगामी दसैँमा प्रदर्शन हुन्छ ‘, उनले भने । नेपाली फिल्म उद्योगलाई जोगाउन दर्शकसँग आत्मीय सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिँदै अभिनेता गिरीले टिकट बाड्ने प्रवृति गलत रहेको बताएका छन् ।
पारिवारिक दर्शकलाई लक्षित गरिएको ‘छ माया छपक्कै २’ सबैले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त फिल्म हो । दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्मका निर्माता रोहित अधिकारी हुन् । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई र कर्मा शाक्यलगायत कलाकारको प्रमुख भूमिका छ ।







प्रतिक्रिया