सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व ‘ह्यालोविन’लाई लक्षित गर्दै नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ‘काठमाडौँ हरर फिल्म फेस्ट’को दोस्रो संस्करण गत शुक्रबारदेखि जारी छ।

हरर विधामा निर्माण भएका फिल्मलाई उत्सवका रूपमा मनाउँदै नेपालमा विधागत फिल्म निर्माणको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए।

लेबनानी निर्देशक नादिम ताबेत निर्देशित फिल्म ‘इन दिस डार्कनेस आई सी यू’ प्रदर्शनसँगै सुरु भएको महोत्सवमा नेपालसहित विश्वका विभिन्न देशका हरर तथा अन्य विधागत फिल्म प्रदर्शन भइरहेका छन्।

अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन, दर्शक सहभागिता र सांस्कृतिक आदानप्रदानमार्फत नेपालमा विधागत फिल्मको उपस्थिति बलियो बनाउँदै फिल्मकर्मी तथा दर्शकका लागि नयाँ अवसर सिर्जना गर्ने उद्देश्य महोत्सवले राखेको आयोजकले जनाएको छ। तीन दिनसम्म सञ्चालन भएको महोत्सव आज (कात्तिक १५) औपचारिक कार्यक्रमसहित बेलुकी समापन हुँदैछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com