सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री स्वस्तिमा खड्का पहिलो पटक निर्मात्री बनेको फिल्म ‘बेहुली फ्रम मेघौली’को सम्पूर्ण छायांकन सकिएको छ। निर्माण टिमले ३४ औँ दिनमा फिल्मको इन्ड क्ल्याप गरेका हुन्। फिल्मको सम्पूर्ण छायांकन  मेघौली गाउँमा गरिएको फिल्ममा साजन काफ्ले र आकाश बरालले संयुक्त निर्देशन गरेका हुन्।  यी दुईको यो डेब्यु निर्देशकीय फिल्म हो। फिल्ममा स्वास्तिमा खड्का र निश्चल बस्नेतलाई मुख्य भूमिकामा देख्न सकिन्छ।

ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको कथा आकाश र साजनकै संयूक्त लेखन रहेको छ। फिल्ममा शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माता रहेका छन् ।

आगामी वर्ष दशैमा रिलिज हुने फिल्ममा निश्चल र स्वस्तिमाका अलावा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको अभिनय रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com