सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री आँचल शर्मा स्टारर चलचित्र ‘नाईं नभन्नू ल ६’को फर्स्टलुक टिजर सार्वजनिक संगै चलचित्रको प्रदर्शन मिति तय भएको छ । रिलिज टिजरमा चलचित्रका मुख्य अभिनेता आर्शिवाद क्षेत्री आफ्नो प्रेम पुकार्दै एक्सन मुडमा देखिएका छन भने उनकी हिरोइन आँचल उनीसँग रोमाञ्चित रुपमा प्रस्तुत भएकी छिन्।
विकासराज आचार्यको निर्देशनमा बनेको चलचित्रको कथा, पटकथा विकासराज आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीको सहकार्यमा तयार बनेको हो। चलचित्रमा डेब्यु अभिनेता आशिर्बाद र आँचलको साथमा प्रियंका कार्की, केकी अधिकारीको पनि अभिनय रहेको छ । चलचित्रको बाल कलाकारको पात्रमा अथर्व उप्रेतीले डेब्यु गरेका छन्। उनि निखिल उप्रेती र सञ्चिता लुईंटेलका छोरा हुन्। ‘नाईं नभन्नू ल’ सिरिजबाट प्रख्याती कमाएका अनुभव रेग्मीको भने चलचित्रमा केमियो भूमिका मात्र रहनेछ।
यहि आउदो नयाँ बर्ष २०८० बैसाख १ गतेबाट देशभर एकैसाथ प्रदर्शन हुन गैरहेको चलचित्र आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको हो। चलचित्रको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् । चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।
प्रतिक्रिया