सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

गखबर, काठमाडौँ: कोरोनाकाल पछि चलायमान रहेको नेपाली फिल्म उद्योगले अहिले गति लिन थालिसकेको छ। हालाकी फिल्म हिट र फ्लपको संख्या भने घटबढ भईनै रहेको छ। धमाधम बनिरहेको फिल्म अनि प्राय: सबै नामी अभिनेताहरु विपिन कार्की, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, प्रदीप खड्का, पुष्प खड्का जस्ता कलाकारहरुलाई अहिले फिल्मका लागि समय निकाल्न भ्याई नभ्याई भईरहेको बेला आकाश भने म्युजिक भिडियोमा नै चित्त बुझाएर बसीरहेका छन । हुनत् आकाशका पनि कोरोना महामारी पछि ‘सम्झना बिर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ गरेर दुई वटा फिल्महरु रिलिज भएक थिए। जुन कोरोनाकाल अघिनै बनेका र प्रदर्शन भई पनि सक्नुपर्ने  थिए तर कोरोनाले गर्दा फिल्म पछि धकेलिएको थियो। दुवै फिल्ममा उनि पूजाको अपोजिट हुनु र पूजा – आकाशको जोडीलाई लामो समयपछि एकसाथ देख्दा ठुलै चर्चा पनि पाएको थियो फिल्मले। तर जोडी मात्र मन पराउने अनि हलमा जान भनेपछि अन्कनाउने फ्यानहरु धेरै भएपछि दुवै फिल्मले सफलता पाउँन सकेन।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com