सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ : राजधानीमा आइतवार गुरु पुर्णिमाको अवसर पारेर वरिष्ठ अभिनेत्री / नृत्यांगना मिथिला शर्मा बोहराले आफ्नो गुरुहरुको नाममा श्रष्टाहरुलाइ सम्मान गरेकी छन् । संगीतकार शिला बहादुर मोक्तानले गोपाल योञ्जन संगीत साधना पुरस्कार, गीतकार श्रीपुरुष ढकालले चेतन कार्की गीति बाङ्गमय पुरुस्कार र मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वयले हाडा एण्ड पाल हास्य बाङ्गमय पुरस्कार प्राप्त गरेका छन् ।

उक्त कार्यक्रम नेपाल अकाडेमीको सिद्धि चरण सभा कक्षमा सम्पन्न भएको हो, उक्त कार्यक्रममा नेपालि कला छेत्रका अग्रजहरु निर शाह, भुवन चन्द , बसुन्धरा भुषाल , चैत्य देवी , सुनिल थापा,सरोज खनाल,करिश्मा मानन्धर,शर्मिला मल्ल,कृष्ण मल्ल,दीपाश्री निरौला ,मोहन निरौला  लगायताकाको उपस्थिति सहभागी रहेको थियो । उक्त अवसरमा नेपाल पुर्व प्रहरी कलाकार संघको शुभारम्भ पनि गरिएको थियो ।
उक्त समारोहका  केहि तस्विरहरु बिकास रौनियारको लेन्स बाट ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com