सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: छायांकनरत फिल्म जय हो को विदेश राईट्स बिक्रि भएको छ। शोभित बस्नेतको लगानीमा बनिरहेको फिल्मको राईट्स नमस्ते इन्टरटेनमेन्टले खरिद गरेको हो। अब फिल्मलाई नेपाल बाहिर प्रदर्शन गर्नको लागि  नमस्ते इन्टरटेनमेन्टसँग सम्पर्क गर्नु पर्नेछ।

चैत्र ११ बाट फ्लोरमा गएको फिल्मलाई निर्देशक टेक पौरखी राईले निर्देशन गरिरहेका छन। फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकि अधिकरी, निशा अधिकरी, माओत्से गुरुङ प्रेम पाण्डे , दिपा शक्या श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ एवम्रो रोहित रुम्बा लगायतको अभिनय रहेको छ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सम्राट बस्नेतको द्वन्द निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन, बनिष शाहको सम्पादन तथा समिर मियाँको भी. एफ. एक्स रहेको छ। फिल्मका निर्माण टिम अहिले पोखरा छायांकनको सेड्युलमा छन।

सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममासौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । फिल्म २०८०को  भाद्र ८ मा रिलिज गर्ने तयारी निर्माण टिमले गरिरहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com