सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  कार्तिक ३० गतेबाट रिलिज हुने चलचित्र ‘ह्रस्व दीर्घ’को टिजर रिलिज  भएको छ। सोसियल ड्रामासहितको प्रेमकथामा आधारित चलचित्रको टिजरमा माया प्रेम,द्वन्द,राजनीति,कमेडी लाई २ मिनेट ८ सेकेन्ड लामो समय दिइएको छ भने, टिजरमा अभिनेत्री नीता र  अभिनेता हरिहर सगै चलचित्रका सबै कलाकारहरु फिचर्ड छन् ।

चन्द्र पन्तको निर्देशन रहेको चलचित्रमा निर्मात्री रहेकी अभिनेत्री नीतासँगै, अभिनेता हरिहर अधिकारी, चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि वलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा,रेखा थापा,गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायत नाम चलेका दर्जनबढि कलाकार अभिनयमा छन् ।

सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो चलचित्रलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिरहर अधिकारीको कथा रहेको चलचित्रमा वलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन छ । चलचित्रमा मित्र डि गुरुङको सम्पादन छ । कास्टिङ निर्देशक धनन्जय घलानी रहेको चलचित्रमा कोरियोग्राफी रामजी लामिछाने र वलिउड कोरियोग्राफर शुष्मा सुमनको छ । निता फिल्मसको ब्यानरमा चलचित्र तयार भएको हो ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com