सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कार्तिक ३० गते आज शुक्रबारबाट यसबर्षको प्रतिक्षित मध्येको एक चलचित्र ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ । प्रचार सामाग्री र स्टार कास्टका कारण चर्चामा रहेको चलचित्रले सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्म राम्रो शोसहित प्रदर्शनमा आएको हो ।

नेपाली र दक्षिण भारतीय कलाकारले काम गरेका कारण चर्चामा रहेको चलचित्र देशभरका सिनेमा घरमा एक सय ५० बढि शो पाएको छ । बिहानका धेरैजसो शो हाउसफुल हुने अवस्थामा छन् । नेपाली चलचित्रको ‘डोरसेल’ अझ राम्रो हुने भएकाले चलचित्रले बिहानी शोबाटै हाउसफुलको यात्रा सुरु गर्ने देखिन्छ । दर्शकको उत्कृष्ट वर्डअफ माउथ पाएको खण्डमा भोली शनिबारको लागि शो अझै बढ्ने विश्वास निर्माण टिमलाई छ ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी चलचित्रको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली चलचित्र हो ।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो चलचित्र नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको चलचित्रलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com