सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ‘१३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिबल–२०२५’ लागि सहभागी हुन चाहने चलचित्र, टेली चलचित्र तथा लघु चलचित्र समावेश गर्न आयोजक पक्षले अनुरोध गरेको छ । यो महोत्सब आगामी माघको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ । महोत्सबको लागि दुई महिना अघि नै फारम खुला गरिएको थियो ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा यो महोत्सब हुन लागेको हो । महोत्सबको लागि चलचित्र धमाधम प्राप्त भएको आयोजक पक्षले जनाएको छ । यसपटकबाट अफ्रिकासँगै अन्तराष्ट्रिय समुह पनि थप गरिएको र अन्य देशका चलचित्र पनि महोत्सबमा देखाईने भएको छ । महोत्सबमा अफ्रिकन चलचित्रलाई विशेष महत्वका साथ प्रदर्शन र पुरस्कृत गरिने भए पनि अन्तराष्ट्रिय समुह अन्तर्गत विश्वका केही राम्रा चलचित्रलाई पनि समावेश गरेर प्रदर्शनी गरिने आयोजक पक्षको कथन छ ।
महोत्सबमा सहभागी हुन चाहने चलचित्रहरुले आगामी डिसेम्बर आन्तिमसम्म आफ्नो चलचित्र सहभागी गराउन पनि आह्वान गरिएको छ । जसका लागि फिल्मफ्रिवे डटकम तथा इमेलमार्फत तथा प्रत्यक्ष आयोजकको कार्यालयमा सम्पर्क गरेर पनि चलचित्र समावेस गर्न पाईने भएको छ । जसमा नेपाली तथा आदिवासी चलचित्र एवम् लघु चलचित्र र बृत्तचित्रलाई समावेस गर्न आह्वान गरिएको छ । यस्तै विधार्थीहरुले पनि महोत्सबमा आफ्ना छोटा चलचित्र सहभागी गराउन पाउने छन् । महोत्सबमा उत्कृष्ट चलचित्रहरुलाई प्रदर्शनसँगै अवार्डबाट सम्मानित पनि गरिने छ । यो महोत्सबकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले १४ वर्षअघिबाट सुरु गरिएको यो महोत्सबले नेपाल र अफ्रिकाको चलचित्र सांस्कृतिक आदन प्रदानमा महत्वपूर्ण योगदान दिँदै आएको बताएकी छिन्,‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धिपलाई जोड्न यो महोत्सब निरन्तर आयोजना गर्दै आएका छौं । महोत्सबले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उदेश्य रहेको छ ।’
महोत्सब निर्देशन डब्बु क्षत्रीका अनुसार बिगत १४ वर्षदेखि यो महोत्सब आयोजना हुँदै आएकोमा कोभिडका कारण एक वर्ष भने आयोजना हुन सकेन् । बिगत झै यसपटक पनि यो महोत्सबलाई तीन दिनसम्म आयोजना गरिने डब्बु क्षत्रीले जानकारी गराएका छन् । महोत्सब निर्देशक क्षत्रीका अनुसार यसपटक महोत्सबमा नेपालसँगै विदेशी चलचित्रकर्मीहरुको पनि जमघट हुने भएको छ । महोत्सबमा चलचित्र प्रदर्शनसँगै विभिन्न विषयमा चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तरक्रियालगायतका विभिन्न कार्यक्रम रहेको छ ।
प्रतिक्रिया